www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाःथप एकमा संक्रमण पुष्टि, संक्रमितको संख्या १२१

काठमाडौं ।

आज मात्रै १० जनामा संक्रमण देखिएकोमा नेपालमा फेरि थप एक जनामा संक्रमणको पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या १२१ पुगेको छ । संक्रमित सप्तरी डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिए ।

यसअघि आजै बिहान १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिएका थिए ।

उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि गाउँपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष छन् ।

हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.