www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि मौसममा सुधार

काठमाडौं ।

विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरु क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको बताइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले यी प्रणाली नेपालबाट बाहिरिइसकेकाले अब केही दिन मौसम सफा हुनेछ । अहिले नेपालमा प्रिमनसुनको समय भएकाले प्रिमनसुनको प्रभावमात्र रहेको छ ।

Batas

प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ । शनिबार देशको पहाडी भूभागमा सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थान तथा पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.