www.tandavnews.com
Fact ~ In search of truth

मर्निङ अपडेट : थप ९ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमित संख्या २५८ पुग्याे

पाेखरा । 

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं र भेरी अस्पताल‚ नेपालगञ्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएका सबै ९ जना पुरूषहरू भएको मन्त्रालयले जनाएको हाे ।

Batas

नयाँ पुष्टि भएकामा मकवानपुर निवासी ३७ वर्षीय पुरूष र बाँके नैनापुरका १८‚ २०‚ २२‚ २५‚ २५‚ २७‚ ३२ र ३६ वर्षीय पुरूष रहेका छन्। हालसम्म सबैको स्थिति सामान्य रहेको र सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.