www.tandavnews.com
Fact ~ In search of truth

चौधरी उद्योगकाे लफडा : मालिक घर भित्र बसौं भन्ने, मजदुरलाई सतर्कता बिना काममा खटाउने !

दुम्कौली
ताण्डव न्यूज ।

नयाँ वर्षमा चौधरी ग्रुपका मालिक बिनोद चौधरीले फेसबुका शुभकामना सहितको स्टाटस राखे । उनले कोरोना कहरको समयमा घरभित्रै बसेर नयाँ वर्ष मनाउन सुझाएका थिए । तर तिनै चौधरीले आफ्ना उद्योगका मजदुरलाई सतर्कता बिना काममा खटाइरहेका छन् ।

पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित चौधरी उद्योगका श्रमिक यतिबेला साेही कारण आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमणको समय उद्योगभित्र श्रमिक सुरक्षित नभएको भन्दै करिव ६ सय श्रमिक आन्दोलनमा उत्रिएका हुन् ।

Batas

जिल्ला प्रशासन कार्यालय नवलपुर र देवचुली नगरपालिकाले संयुक्तरुपमा उद्योगको अनुगमन गर्दै २ सय ५५ श्रमिकलाई काममा लगाउने र उद्योग भित्रै क्वारेन्टाईनमा राख्ने चौधरी उद्योगको सहमतीमा उद्योग सञ्चालनमा आएको थियो । तर उद्योगले वाईवाई, चिजबल उत्पादन तथा प्याकेजिङका लागि ६ सय कर्मचारीलाई उद्योग बोलाएर बिना सुरक्षा काममा लगाएको श्रमिकहरुको गुनासो छ ।

भारत लगायत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाबाट मालबाहल ट्रक आउने र ट्रकसँगै आएका चालक तथा सहचालक उद्योगमा श्रमिकहरुसँगै खाना खाने, नुहाउने जस्ता कार्यले श्रमिक जोखिममा रहेको भन्दै आन्दोलन गर्नुपरेको एक श्रमिकले बताए ।

घर परिवार छोडेर उद्योगमा काम गर्न आएका श्रमिक खान, बस्न असुविद्या भएको, काम गर्दा सामाजिक दुरी कायम नभएको, खाना खादा सबैसँगै खानुपर्ने, सुत्न बनाईएको क्वारेन्टाईनमा तेब्बर मान्छे कोचिएर सुत्नुपर्ने लगाएको समस्याले श्रमिक घर जान पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उद्योगले घर जान चाहने कर्मचारी घर जान सक्ने तर सधैको लागि उद्योग छोडेर जानुपर्ने भन्दै बाध्यात्मक काममा लगाएको श्रमिकले गुनासो गरेका छन् ।

हिजो राति स्थानियले सबै श्रमिकलाई उद्योगभित्रै ब्यवस्थापन मिलाउनु वा उद्योग बन्द गनुपर्ने भन्दै चौधरी उद्योगको प्रवेश द्धार अगाडी आन्दोलन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.