www.tandavnews.com
Fact ~ In search of truth

नागढुङ्गामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवा खोज्दै प्रहरी

काठमाडौं ।

नागढुंगामा शुक्रबार स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्नेलाई प्रहरीले खोजी गरिरहेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गर्ने व्यक्तिको खोजी सुरु गरिएको बताएको छ ।

Batas

प्रहरीका अनुसार ती युवकको पहिचान भइसकेको र उनको खोजीमा प्रहरी खटिसकेको छ।

कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेका थिए। उक्त भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

गृहकै निर्देशनमा ती युवालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.