www.tandavnews.com
Fact ~ In search of truth

गुल्मीमा एक युवक कोरानामुक्त

गुल्मी ।

कोराना संक्रमणका कारण आइसोलेशनमा रहेका एक युवक निको भई आज घर फर्किएका छन् । मदाने गाउँपालिका –६, पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय ओविकिरण डाँगी कोरोनामुक्त भई घर फर्केको गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिए ।

पुर्कोटदहका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएर ज्यान गएपछि कन्टयाक्ट टे«सिङका आधारमा डाँगीको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि गत १० दिनदेखि सदरमुकाम तम्घासमा रहेको आइसोलेशन कक्षमा राखिएको थियो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उनलाई कोरोना परीक्षण नेगेटिभ देखिएको डिस्चार्ज रिपोर्ट हस्तान्तरण गर्दै आइसोलेशन कक्षबाट बिदाइ गरेका थिए। डाँगीले ‘एक युद्ध मैदानवाट युद्ध जितेर फर्किदै सिपाही’ भन्दै सामाजिक सञ्जालमा राखेका थिए । उनले दह्रो आत्मबलका कारण आफूले कोरोना संक्रमणलाई जितेको बताए।

Batas

उनलाई पहिलो पटक गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिए पनि त्यसपछि परीक्षण गरिएका दुईवटै रिपोर्ट नेगेटिभ आएको डा पाच्यले बताए । रासस

––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.