www.tandavnews.com
Fact ~ In search of truth

संक्रमण पुष्टि हुनेको संख्या ५० लाख नजिक, साढे तीन लाखकाे मृत्यु

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४८ लाख ९२ हजार ५ सय ५० पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १५ लाख २७ हजार ३ सय ५५ मा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा २ लाख ९९ हजार ९ सय ४१, ब्राजिलमा २ लाख ७१ हजार ६ सय २८, बेलायतमा २ लाख ५० हजार १ सय ३८, स्पेनमा २ लाख ३२ हजार ३७, इटालीमा २ लाख २६ हजार ६ सय ९९ लाई कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख २२ हजार ८ सय २१ को कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९१ हजार ८ सय ४५ को मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३५ हजार ४ सय २२, इटालीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २५, स्पेनमा २७ हजार ७ सय ७८, ब्राजिलमा १७ हजार ९ सय ७१, बेल्जियममा ९ हजार १ सय ८ को मृत्यु भइसकेको छ।

त्यस्तै, विश्वभर १६ लाख ८६ हजार ४ सय ४८ कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका भएका छन्। अमेरिकामा सर्वाधिक २ लाख ८९ हजार ३ सय ९२, जर्मनीमा १ लाख ५५ हजार ६ सय ८१, इटालीमा १ लाख २९ हजार ४ सय १, टर्कीमा १ लाख १२ हजार ८ सय ९५ अहिले संक्रमणमुक्त भएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.