
बुटवल ।
पाल्पा जिल्लाको स्थानीय निकायका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई अख्तियारको टोलीले आज बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रु तीन लाख रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिए ।

अख्तियारको नियन्त्रणमा परेका पुनले आफ्नो वडामा रहेको काठ लिलाममा ती ब्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुषालले जानकारी दिए। रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।