www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा काेभिड-१९ : कुल संक्रमित संख्या १८८, मणिपाल अस्पतालमा संकलित स्वाबमा संक्रमण पुष्टि

पोखरा ।

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान नयाँ संक्रमितको पुष्टि गरेको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको छ ।

निर्देशनालयका अनुसार संक्रमितमा सबैभन्दा बढी स्याङ्जामा २२ थपिएका हुन् । यसैगरी पर्वतका १३ र तनहुँ र पूर्वी नवलपरासीका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ । संक्रमितमा ३ वर्षदेखि ६६ वर्षका सबै पुरुष छन् ।

Batas

थपिएका संक्रमित मध्ये एकको स्वाब मणिपाल अस्पतालबाट संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले बताएका छन् ।

डा.शर्माका अनुसार प्रदेशका मनाङ र मुस्ताङमा कुनै पनि संक्रमण देखिएको छैन । सबैभन्दा बढी स्याङ्जामा ६० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बागलुङमा ४०, पूर्वी नवलपरासीमा ३८, पर्वतमा २२, गोरखामा १५, कास्कीमा ५, तनहुँमा ४, म्याग्दीमा ३ र लमजुङमा एकजना कोरोना संक्रमित पुगेका छन् । संक्रमितमध्ये ११ जना निको भएका छन् ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.