www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

नेपालमा कोभिड-१९ : संक्रमितको संख्या दश हजार नाघ्यो

hima aus

पाेखरा ।

नेपालमा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ। यीमध्ये ९० जना महिला हुन् भने बाँकी ४४८ पुरुष हुन्। हालसम्म २ हजार २ सय २४ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

Batas
classic tech

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको छ।

हालसम्म नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...