www.tandavnews.com
Fact ~ In search of truth

‘थप सतर्कता अपनाऔँ’

काठमाडौँ ।

पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएकोे छ ।

गत माघ महिनामा नेपालमा एकजना पुरुषमा कोरोना सङ्क्रमित देखाप¥यो । उनी उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा सङ्क्रमण देखाप¥यो । सङ्क्रमण देखापरेपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी ग¥यो । कहिलेकाहीँ फाट्फुट सङ्क्रमित देखापरे पनि सङ्क्रमितको सङ्ख्या एक सय पुग्न निकै समय लागेको थियो । तर अहिले सङ्क्रमित हरेक दिन बढेका छन् । बजारको चहलपल हेर्दा लाग्छ नागरिकमा यसको खासै डर भएको देखिदैन ।

Batas

झण्डै तीन महिनापछि यही असार १ गतेदेखि सरकारले नै आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै बन्दाबन्दीलाई खुकुलो बनायो ।

सरकारले सङ्क्रणको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउँदै सावधानीपूर्वक काम गर्न भने पनि यस किसिमको अभ्यास देखिँदैन । निर्बाध रुपमा नागरिक हिँड्डुल गर्न र सोही अनरुप दैनिकी चलाइराखेको देखिन्छ । यसरी नागरिकमा यस किसिमको अभ्यास रहँदा काठमाडौँ उपत्यकामा दुई सय सङ्क्रमित देखापरिसकेका छन् । हालसम्म १५ हजार चार सय ९१ कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ६ हजार चार सय १५ जना निको भएर घर फर्केका छन् । ३४ को मृत्यु भइसकोको छ ।

दैनिक रुपमा थप फैलँदै गएको कोरोनाबाट थप सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । अहिले सङ्क्रमण बढिरहेको कारण जोखिम बढी भएको र सतर्कता नदेखिएको सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उनले भने ,“ थप सतर्कता अपनाउने समय अब आएको छ । ”

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.