www.tandavnews.com
Fact ~ In search of truth

‘पर्ख र हेर’को अवस्थामा खेलकुद

 

खगराज पौडेल
अध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आगमी वर्ष सन् २०१९ को मार्च ९ देखि १८ सम्म पोखरा रंगशालामा हुँदैछ । तर हाल रंगशालामा रहेका यथास्थितिका पूर्वाधारहरु जे छन् यिनले गिज्जाइरहेका छन् ।

Batas

अहिले भइरहेको पूर्वाधारमा हामीले गर्न सक्दैनौं । यो प्रतियोगिता राष्ट्रिय भन्दा पनि अन्तर्राष्ट्रिय भएकोले राज्यलाई प्रतिनिधित्व गरेको हुन्छ । त्यहाँको पूर्वाधारले पनि राज्यलाई पूर्ण रुपमा प्रतिबिम्बित गर्छ ।

पोखरा रंगशालामा ६ वटा खेल खेलाइने कुरा छ । यसको लागि कभर्ड हलको स्ट्रक्चर अन्तिम–अन्तिम चरणमा पुगेका छौं । अब त्यसमा सिटिङ, साउन्ड सिस्टम, लाइट बाँकी काम छिटो व्यवस्थित बनाउनुपर्ने हुन्छ । त्यहाँ भित्र भलिबल खेलाउँछौं ।

त्यसपछाडि टायथोलनको लागि फेवाताल किनारमा गरिने हुँदा त्यसको ठूलो समस्या छैन् । आर्चरीको लागि मैदान बनाउने तम्याउने तयारीमा छांैं । महिला फुटबलको लागि मुख्य प्रतियोगिता नै हो ।

अहिले रंगशाला भत्काएको स्थिति र नयाँ ट्रेन्डर फेरी पुन गर्न नसकेको स्थिति छ । हामीले केही समय अगाडि टे«ण्डर ग¥यौ । ६ वटा कम्पनीले सुचिकृत गरे । यसमा ५ वटालाई डिसक्वालिफाइड ग¥यौ । अब एउटा मात्र भएर उनलाई मात्र दिँदा एकाधिकार हुने भएकोले अहिले त्यसको रिटेण्डरको प्रोसेसमा छौं । यसको लागि १० दिनमा रिटेण्डर गरी एकदेखि डेढ महिनामा विदेशी कम्पनीलाई रंगशालाको फुटबल तर्फको जिम्मा लगाउनेछौं ।

photo from google

यी सबै हाम्रा संभावनाहरु हुन् । यसको लागि हुने चुनौतीमा हाम्रो इच्छा भनेको स्टेपवाई जानी भन्नी हो तर यसमा हामी मात्र नभई स्टेकहोल्डर राखेप, युवा तथा खेलकुद मन्त्रालय छ । उहाँहरुको चासो अलिकति नपुगेको देखिन्छ । यहाँ आएपनि खेलाडीको अगाडि भाषण मिठो दिने कामलाई शून्य परिषदको यस्तो अवस्था देखिरहेका छांै ।

राखेपको इन्जिनियरिङ सेसर छ त्यो डेट एक्सपाएर जस्तो छ । अहिले बनाएका कवर्ड हल हेर्नि हो भनेदेखि पनि पछाडि दर्शक बस्नी छ अगाडि पिल्लरहरु छन् । पिल्लरले खेल हेर्नको लागि छेक्छ । पूर्वाधारहरु पनि समयसापेक्ष्े नभएको पो हो कि भन्ने भान हुन थालेको छ । एकदम हेबी स्ट्रकचरमा गइराखेका छौं । संसारको खेलकुद अहिले लाइट स्ट्रक्चरमा छ । अहिले ठूला–ठूला स्डेडियमहरु ठूलो फ्यामेली स्टक्चरमा बनेका छन् । त्यति अनुसार हाम्रा पूर्वाधारहरु पनि बन्नुपर्ने हो । जति केन्द्रबाट चासो हुनुपर्ने हो त्यो देखिएको छैन् ।

खेलाडीले पदक ल्याएनन भन्ने कुरा आइरहँदा हाम्रा खेलाडीलाई कस्तो पूर्वाधारमा खेलाइरहेका छौं त ? हाम्रा पूर्वाधार कस्तो छ, प्रशिक्षण कस्तो चलाइराखेका छौं त्यो बुझ्न आवश्यक छ । त्यसपछाडि बल्ल पदककको कुरा आउँछ । हामीले पहिलो प्रथामिकता स्पोर्टसमा पूर्वाधारलाई दिनुपर्छ । पिपिपि मोडलबाट पनि केही पूर्वाधार बनाउन सकिन्छ कि भन्नेछ । जस्तो सुइमिङ जस्ता खेलमा प्राइभेट पब्लिक पार्टनरसिपमा गर्न सकिन्छ । यसको लागि पनि नीति स्पस्ट गर्नुपर्छ ।

नेपाली खेलुकद युटनमा ल्याउनुपर्छ । अर्को समस्या भनेको प्रशिक्षणहरु नियमित छैनन् । खेलमा नियम परिवर्तन भइरहेको हुन्छ । हिजो हेर्ने बेलाको फुटबल, भलिबल अहिले त्यस्तो छैन् । हरेक खेलहरु आधुनिक भइरहेका छन् । खेल आधुनिक भइसकेपछि कोचपनि आधुनकि हुन आवश्यक छ । यसमा कोचले अपडेट गर्न नसक्ने अवस्था छ ।

कोचलाई स्थायी नियुक्त दिन नहुने हो । संसारमा कहि पनि स्थायी कोच भन्ने हुँदैन स्थायी त उसले देखाउने पफमेन्सको आधारमा हो । हाम्रोमा २०÷२२ वर्ष पुराना कोच हुन्दा आधुनिक तिर जान सकेका छैनौं । राखेपमा आएका कर्मचारीहरु लोकसेवाबाट नआएको पाइन्छ । हिजो कोही मन्त्रीको कारण सिधै नियुक्त भएको, आफू क्वालिफाइड भन्दा पनि अरु कसैको कारणले आएको अवस्था छ ।

उनीहरु यसरी आएपनि राखेप भन्दा बाहिर सरुवा नहुने, यही भित्र नै सरुवा गर्नुपर्ने हुँदा व्यवस्थित हुन सकेन् । यो कारणले गर्दा हाम्रो खेलकुद पर्ख र हेरको अवस्थामा छ ।

अर्को कुरा, प्लेयरहरुलाई जति सेवा दिनुपर्ने हो त्यो सुविधा दिन सकिएको छैन् । खेलकुदमा करियर बनाउने बेलामा खेलकुद–खेलकुद भन्नु परेको छ । यहाँबाट रिटाएर भएपछि मेडल ल्याएका खेलाडीलाई छनोट गरेर सेक्युर गर्नुपर्छ । उनीहरुलाई सेक्युर गर्न सकिएन भने खेलकुद पलायन हुन्छ । जसरी आज खेलाडीहरु अमेरिका खेल्न गए उतै बस्ने, बेलायतमा खेल्न गए उतै बस्ने, समस्या छ ।

उनीहरुलाई यहाँ ल्याउने हो भनेत त्यही अनुसारको सुविधा दिने व्यवस्था खोजिनु प¥यो । जुन खेलको बढी चर्चा भएको छ त्यसैको पछाडि लाग्ने नेपालीहरुको बानी छ । त्यसको पछाडि नलागि सबै खेललाई उत्तिकै माया गर्नुपर्छ । एक सय ७३ खेल छन् सबैलाई बराबर तरिकाले लिएर गइयो भने बल्ल पूर्वाधारको विकास गर्न सकिन्छ ।

अब मेडल कुनकुन खेलमा ल्याउने भनेर टार्गेट गर्नुपर्छ । जस्तो कि, तेक्वाण्डो, उस्सु, कराँते, जस्ताहरु खेलमा मेडल ल्याउन सकेपनि तत्कालको स्थितिमा फुटबलमा मेडल ल्याउन सक्दैनौं । त्यसैले हामी विस्तारै बेन्च बनाउँदै गयौ भने अबको १० ÷ १५ वर्ष पछिको लागि भनेर काम व्यवस्थित बनायांै भने खेलकुदको भविष्य अत्यान्त सुन्दर छ ।

होइन भने यहि तरिकाले गयो भने केही समय पछाडि मेडलमा लगभग विमुख नै हुन्छौं ।

(कुराकानीमा आधारित)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.