www.tandavnews.com
Fact ~ In search of truth

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, मेयर सरावगीकी श्रीमती र छोरीमा पनि संक्रमण

पर्सा ।

पर्सामा संक्रमितको संख्या थपिने क्रम बढीरहेको छ । यसैबीच पर्सामा फेरि ४५ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितहरु अधिकांश वीरगञ्ज महानगरपालिका बजार क्षेत्रका रहेको जनाइएको छ।

सबैभन्दा बढि वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना छन्। त्यसै गरी वडा नम्बर ४ विर्ता र भगवती टोलका १५ जना रहेको वीरगञ्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका इन्चार्ज डा.निरज कुमार सिंहले जानकारी दिएका छन्।

Batas

त्यसै गरी वीरगञ्जको ड्राइपोर्टका ५, वीरगञ्ज ३ छपकैयाका १, वीरगञ्ज ८ का १, वीरगञ्जको मनियारीका १ जना रहेका छन। वीरगञ्ज बाहिरको पालिकाहरुमा ठोरीको निर्मलवस्तीका १, सखुवाप्रसौनीका १ जना रहेको डा सिंहले बताएका छन्।

संक्रमित हुनेमा वीरगञजका मेयर विजयकुमार सरावगी श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भएको छ। संक्रमितहरु ५ वर्ष देखि ६२ बर्ष उमेर समूहका रहेको वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए। मास ट्रेसिङ्गका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको उनको भनाइ छ। संक्रमित मध्ये १४ जना महिला र ३१ जना पुरुष रहेका रहेका छन्।

पर्सामा नयाँ थपिएका संक्रमितसहित अहिलेसम्म कुल संक्रमितको संख्या ५ सय ४ पुगेको छ। संक्रमित मध्ये १ सय ८८ जनाले कोरोना जितेर डिष्चार्ज पनि भइसकेका छन्। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.