www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा जोरबिजोर लागू नहुने

पोखरा ।

कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ ।

सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को सङ्ख्यामा सक्रिय सङ्क्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय सङ्क्रमित नरहेको जानकारी दिए ।

निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये २४ हजार ४७२ को नेगेटिभ रिपोर्ट आएको छ । गण्डकीमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार ५६६ पुगेको छ । संक्रमितमध्ये एक हजार ३६२ निको भएका छन् । पछिल्लो २४ घण्टामा ३१५ को कोरोना परीक्षण भएको छ भने हालसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Lama collectio News Middle

त्यसैगरी क्वारेन्टिनमा एक हजार ११ रहेका छन् भने आइसोलेसनमा २११ छन् । प्रदेशमा हालसम्म भारतबाट १२ हजार २९१ र तेस्रो मुलुकबाट पाँच हजार १०४ जना आएको तथ्याङ्क छ । प्रदेशभर बिहीबार बिहानसम्म ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिने जिल्लामा कास्कीमा एक, पर्वतमा एक, गोरखामा छ र नवलपुरमा तीन सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका एक सङ्क्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष रहेका छन् ।

जनस्वास्थ्यको मापदण्डानुसार २०० जनाभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गृह मन्त्रालयलये निर्देशन दिएको छ । मन्त्रालयका अनुसार २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि २०० जना सक्रिय कोरोना सङ्क्रमित नभएकाले जोरबिजोर लागू नहुने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery