www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१को साना किसान कृषि सहकारी चोर्ने दुई पक्राउ

पोखरा
ताण्डव न्यूज ।

सहकारी चोर्ने दुई जना पक्राउ परेका छन् । गएराती पोखरा २१ शिवालय स्थित साना किसान कृषि सहकारी संस्था लि.को ढोका फोरेर दुई युवाले विभिन्न समान चोरेका थिए ।

‘कार्यालयका सिसि क्यामेरा चोरिएको थियो । कम्प्यूटरका मदरबोर्ड लगायत १५ सय नगद पनि चोरिएको छ । सेफ खोल्न नसकेका कारण थप नगद चोरी हुन पाएन । यद्यपी उनिहरु पक्राउ परिसकेका छन् , यतैका रहेछन् ’ संस्थाका उपाध्यक्ष योगेन्द्र सुवेदीले भने ।

Batas

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी सुवास हमालले चोरिमा संलग्न पोखरा २१का २१ वर्षिय सोमनाथ अधिकारी र २० वर्षिय शिशिर घर्तीलाई पक्राउ गरिएको बताए । डीउसपी हमालले भने ‘सेफ फोड्न खोजिएको देखिन्छ । त्यो नसकेपछि सिसि क्यामेरा, मनिटर लगायतका सामाग्रीमा क्षती पुर्याएका रहेछन् ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.