www.tandavnews.com
Fact ~ In search of truth

अब गण्डकीका ११ जिल्लामै कृषि र पशुपंक्षी सेवा

पोखरा ।

गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पु¥याउने भएको छ । कार्यालतका सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्न लागिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कृृषि ज्ञान केन्द्र थप पाँच जिल्लामा तथा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चार जिल्लामा विस्तार गर्ने तयारी गरिएको मन्त्री लेखबहादुर थापामगरले जानकारी दिए ।

Lama collectio News Middle

उनका अनुसार हाल प्रदेशका छ वटा जिल्लामा कृषि ज्ञान केन्द्र रहेकामा विस्तार गरी नवलपुर, कास्की, बागलुङ, मनाङ र मुस्ताङमा कार्यालय स्थापना गरिनेछ । त्यसैगरी पर्वत, नवलपुर, मनाङ र मुस्ताङमा विज्ञकेन्द्र स्थापना हुनेछन् । हाल सात जिल्लामा विज्ञकेन्द्र छन् । सबै जिल्लामा कार्यालय नहुँदा एउटा कार्यालयले एकभन्दा बढी जिल्लासमेत हेर्नुपथ्र्यो ।

जिल्लास्थित कार्यालयकोे सेवा सबै जिल्लामा पु¥याउन हालको कर्मचारी दरबन्दीभित्रै रहेर सङ्गठन संरचना व्यवस्थापनको काम भइरहेको र केही थप कर्मचारी आवश्यक परेमा करारबाट नियुक्त गरिने उनले बताए । ‘हामीले सबै जिल्लामा कार्यालय स्थापनाका लागि सङ्गठन संरचना व्यवस्थापनको काम गरिरहेका छौँ, मन्त्रिपरिषद्बाट संगठन व्यवस्थापन पारित भएपछि आगामी भदौ दोस्रो साताभित्रमा कार्यालय स्थापना गर्न शुरु गर्छौं, सकभर मौजुदा कर्मचारीबाट नै व्यवस्थापन गरिन्छ ।’ उनले भने।

प्रदेश लोकसेवा आयोग गठन भइनसकेकाले समेत आवश्यक कर्मचारी करार प्रक्रियाबाट नियुक्ति गरेर भए पनि कार्यालय विस्तारमा सरकार छ । कृषि मन्त्रालयअन्तर्गत हाल कृषि विकास निर्देशनालय , पशुपंक्षी विकास निर्देशनालय तथा अन्य २४ कार्यालय छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop