www.tandavnews.com
Fact ~ In search of truth

अपडेट:गण्डकीमा एकै दिन २० मा कोरोना, पोखरामा एकै परिवारका ४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज बिहान मात्रै ११ संक्रमित थपिएकामा पुन थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीका ४,पर्वतका १,तनहुँका १,गोरखाका १ र स्याङ्जाका २ गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

Batas

जसमध्ये पोखराका संक्रमित ४ जना एकै परिवारको रहेको बुझिएको छ । संक्रमित ४ जना मध्ये २ बालक र २ जना बृद्धबृद्धा रहेका छन् ।
यस्तै संक्रमण पुष्टि हुने ४ जना तनहुँ व्यास वडा नम्बर ४ की २७ वर्षीया महिला, पर्वत महाशिला गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय पुरुष, गोरखा पालुङटार वडा नम्बर ८ की ३९ वर्षीया महिला र स्याङ्जा फेदीखोलाका २७ र ३१ वर्षीय पुरुष रहेका छन् ।

आज थपिएका २० संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १५७५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.