www.tandavnews.com
Fact ~ In search of truth

ओलम्पिक कमिटी कार्यालयका दुईमा कोरोना

काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो ।

कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण गरिएको हो । सोक्रममा दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । कमिटीले आठ जनाको पिसिआर परीक्षण गरेको थियो । कोरोना देखिएपछि कमिटीको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको श्रेष्ठले जानकारी दिए ।

Batas

कर्मचारीमा कोरोना देखिएपछि कमिटीका सबै पदाधिकारीको समेत कोरोना परीक्षण गर्न लागिएको बताइएको छ । परीक्षण गरिएका दुई जनाको रिपोर्ट आउन बाँकी छ । यस्तै दुई कर्मचारीको पुनः परीक्षण गर्नुपर्ने देखिएको कमिटीले जनाएको छ । उनीहरु दुवै कमिटीको कार्यालयमा कार्यरत चौकीदार हुन् ।

सातदोबाटोको अन्तरराष्ट्रिय खेलकूद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि आफ्नो कार्यालय बन्द गरेको छ । एक फुटबल खेलाडीमा कोरोना पुष्टि भएपछि एन्फाले कार्यालय बन्द गरेको प्रवक्ता किरण राईले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.