www.tandavnews.com
Fact ~ In search of truth

इलाममा क्वारेन्टिनमा बसेका युवकको निधन, रिपोर्ट आउन बाँकी

इलाम ।

सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए । उनको गएराति ११ः ५ बजे मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ । गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन वाँकी स्वाब संकलन गरेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।

Batas

युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो । अहिले शव व्यवस्थापन गर्ने तयारी हुँदै रहेको नगरपालिकाले जनाएको छ ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.