www.tandavnews.com
Fact ~ In search of truth

कोरोनालाई परास्त गरेरै छोड्ने छौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट

डोटी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताए ।

प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार बढी केन्द्रित भएको छ, कोरोनालाई परास्त गरेरै छोड्ने छौँ ।’

Batas

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेलिरहेका कारण समुदायमा कोरोना फैलिन नपाएको दाबीसमेत गरे । उनले भने, ‘भारतबाट रोजगारी गरि फर्किएका ८० देखि ९० हजार नागरिक क्वारेन्टिनमा राख्ने सम्भवतः हाम्रै प्रदेश पहिलो हो, हामीले बेलैमा सचेत अपनाउँदा समुदायमा कोरोना सर्नबाट बचाएका छौँ, हामी कोरोनालाई नियन्त्रण गरेरै छोड्छौँ ।’

मुख्यमन्त्री भट्टले सङ्घीय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको बताए । ‘हामीले सीमानाका सिल गरौँ र पिसिआर परीक्षण गरेर मात्रै नेपाल छिर्न दिउभन्दा संघीय सरकारले मानेन, सीमानाका खुलायो, अहिले कोरोना संक्रमितको संख्या बढ्यो’, उनले भने, ‘संघीय सरकारले प्रदेश सरकारले भनेको नमान्दा जम्मा दुई जना संक्रमित देखिएको सुदूरपश्चिममा हजारौँ संक्रमित थपिए, हामीलाई कन्ट्रोल गर्न समस्या भयो ।’

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.