www.tandavnews.com
Fact ~ In search of truth

धुलिखेलमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं ।

धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मंगलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना भएको उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएको झाले बताए ।

Batas

पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमासमेत कोरोना संक्रमण बढ्दै गएको छ । पोष्टका अनुसार कुल संक्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन् । बाँकी ९८ संक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.