www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ को मृत्य, थपिए ९२७ संक्रमित

पोखरा ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

१२ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ९५ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएका छन्।२४ घण्टामा १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

Batas

यो सँगै देशमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुुगेको छ । यस्तै १६९ डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २० हजार दुई सय ४५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.