www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा न्यायिक इजलास अब हप्तामा दुई दिन हुने

पोखरा ।

पोखरा महानगरपालिकाको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुने भएको छ ।

यसअघि हप्तामा एक दिन मात्रै सञ्चालन हुँदै आएको इजलास अव हरेक सोमबार र बधुबार गरी दुई दिन सञ्चालन गर्ने गरेको न्यायिक समितिका सदस्य किशोर बरालले जानकारी दिए ।

Batas

‘कोभिड–१९ का कारण सातामा एक दिन गर्दै आएकामा पछिल्लो समय उजुरीको सङ्ख्या बढ्न थालेपछि दुई दिन इजलास सञ्चालन गर्ने बैठकबाट निर्णय भएको छ’, बरालले भने । उनका अनुसार हप्तामा एक दिन सञ्चालन गर्दा धेरै भीड हुने भएकाले त्यसलाई कम गराउने उद्देश्यले सोमबार र बुधबार इजलास बस्ने निर्णय गरिएको हो ।

न्यायिक समितिले सरकारले घोषणा गरेको लकडाउनमा नागरिक न्यायबाट बञ्चित हुने अवस्था नहोस् भनेर अनलाइन उजुरी लिने व्यवस्था गरेको थियो । चैत ११ को बन्दाबन्दीयता तीन अनलाइनसहित २४ उजुरी दर्ता भएका छन् । त्यसमा तीन फैसला र एक मेलमिलाप भएको छ । बाँकी २० उजुरी टुङ्ग्याउने प्रक्रियामा रहेको बरालले जानकारी दिए ।

उजुरी परेको दुईदेखि तीन महिनामा टुग्याउनु पर्ने नियम रहेको छ । पोखरामा न्यायिक इजलास २०७५ मंसिरबाट सञ्चालनमा आएको हो । विवादका पक्षहरुले आफैँले निर्वाचित जनप्रतिनिधिसँग खुलेर राख्न पाउने, आर्थिक बोझ नहुने र विवाद समाधान गर्दा मेलमिलापलाई प्राथमिकता दिइने भएकाले न्यायिक समितिमा उजुरी गर्नेहरुको संख्या बढदै गएको छ ।

स्थानीय तहको विवाद स्थानीयस्तरमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको छ । न्यायिक समितिलाई १३ वटा विवादको फैसला र ११ वटाको मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.