www.tandavnews.com
Fact ~ In search of truth

झापामा कोरोनाबाट एक महिलाको मृत्यु

झापा ।

कोरोना भाइरसको संक्रमणबाट झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचाररत कन्काई–३ का ती महिलाको आज मृत्यु भएको हो ।

मेची अस्पताल भद्रपुरबाट उपचार हुन नसकेपछि थप उपचारका लागि यही भदौ १८ गते ती महिलालाई प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा भर्ना हुनासाथ स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट देखिएको बताइएको छ ।

Batas

तीन–चार दिनदेखि ज्वरो, श्वासप्रश्वासमा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मृतक मधुमेहको रोगीसमेत भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

यससँगै जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि दमक–१ का ५८ वर्षीय पुरुषको काठमाडौँमा र कमल गाउँपालिका–३ का ८३ वर्षीय वृद्धको सोही प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.