www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा २२८७ जना डिस्चार्ज,९०२ जनामा कोरोना पुष्टि

काठमाडौं ।

पछिल्लो २४ घण्टामा २२८७ जना डिस्चार्ज भएका छन् । ९०२ जनामा कोरोना संक्रमित थपिदाँ २२८७ जनाले कोरोनाबाट छुटकारा पाएका छन् ।

देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण ९०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् ।

अब नेपालमा १४ हजार आठ सय ६८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार तीन सय १० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.