www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःगण्डकीमा संक्रमणका कारण थप एकको मृत्यु

पोखरा,
ताण्डव न्युज ।

गण्डकी प्रदेशमा फेरि ८ नयाँ संक्रमित थपिएका छन् । पोखरा महानगरका ३ पुरुष सहित नवलपरासीका ४ र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यसैबीच गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । नवलपरासी गैडाकोट–९ स्थायी ठेगाना भएका ६२ वर्षीय महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

उनी निमोनिया, मधुमेह र उच्च रक्तचापबाट ग्रसित रहेकी थिइन । उनको हिजो मृत्यु भएको जानकारी अस्पताल प्रशासनले स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशललाई आज दिएको जनाइएको छ ।

यो सगै प्रदेशमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । भने संक्रमितको संख्या ३०२० पुगेको छ । यसअघि प्रदेशमा ३९ जना संक्रमित थपिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.