www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः मणिपालमा उपचाररत पोखराका कोरोना संक्रमित वृद्धको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप एक संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Batas

पोखरा महानगरपालिका का ७० वर्षीय वृद्धको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा गए राति ११ बजेर २० मिनेटको समयमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनी भदौं २५ गते अस्पताल भर्ना भएका थिए भने २८ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी क्यान्सरको बिरामी रहेको जानकारी दिइएको छ । मृतक वृद्ध कुन वडाको भन्ने खुलाइएको छैन ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । यसैबीच पोखरा वडा नम्बर १० र १५ का एक पुरुष र एक पुरुष सहित स्याङ्जा र गोरखाका एक-एक संक्रमित थपिएका छन् ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या ३११६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.