www.tandavnews.com
Fact ~ In search of truth

हाल सम्मकै धेरै संक्रमित आज, एकै दिन थपिए २ हजार २० संक्रमित

पोखरा ।

नेपालमा आज एकै दिन आज सम्मकै धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ६१ हजार पाँच सय ९३ पुगेको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएको छ । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।

Batas

गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाको पीसीआर परीक्षण गरिएको थियो । गएको २४ घण्टामा आठ सय ७१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४३ हजार आठ सय २० पुगेको छ ।

अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.