www.tandavnews.com
Fact ~ In search of truth

विवाह भोजमा कुटाकुट,४ घाईते

पोखरा,
ताण्डव न्यूज ।

तनहुँका घिरिङमा दुई समुहका युवाहरु बिच कुटाकुट हुदाँ ४ जना घाईते भएका छन् ।

घिरिङ गाउँपालिका –३ डाँडाथोकमा बिहेको भोजमा भिमाद र घिरिङका युवाहरु बिच झगडा हुदाँ चार घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घाईते चारै जनालाई उपचारको गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको छ ।

कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका –३ बस्ने १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना, २८ वर्षीय सन्त बहादुर थापा रहेका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताए ।उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.