www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए ३८ संक्रमित

कास्कीको माछापुच्छ्रे र रुपागाउँपालिकाका ४ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा नयाँ ३८ जना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ५ जिल्लाका ३८ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

Batas

संक्रमित हुनेमा कास्कीका माछापुच्छ्रे गाउँपालिकाका एक पुरुष, रुपा गाउँपालिकाका तीन जना, तनहुँका १७ जना, बागलुङका १४ जना, स्याङ्जाका २ जना र गोरखाका एक जना रहेका छन् ।

बागलुङ ढोरपाटन –१ का व्यक्तिहरु नेपाल बैंक लि, हिमा मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन नगरपालिका कार्यालय, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत कर्मचारी रहेका छन् । अन्य केही भारतबाट आएका र कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४७८ पुगेको छ ।

यसअघि पोखरा महानगरपालिका वडा नम्बर –२८ का १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.