www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङद्धारा पहिरोबाट ज्यान गुमाउनेप्रति दुख व्यक्त

प्रभावितलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीसुब्बा गुरुङले प्रदेशमा बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङले स्याङ्जा, बागलुङ लगायत प्रदेशका विभिन्न जिल्लामा केही दिन देखि परेको अविरल वर्षाको कारण पहिरोमा परि ज्यान गुमाउनेप्रति वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Batas

वक्तव्यमा भनिएको छ,‘यस दुखद घटनामा ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्ली अर्पण गर्दै शोकाकुल परिवार एवम् आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।यस संकटको घडीमा खोजी, उद्धार र उपचार कार्यमा जुट्ने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु ।’

गुरुङले बाढी पहिरोबाट प्रभावितलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता गरेका छन् । बाढी पहिरोमा बेपत्ता हुनेहरुको सिघ्र खोजी तथा परिवार गुमाउने तथा प्रभावित परिवारको तत्काल उद्धार, राहत र पुनस्थापनामा तदारुकताका साथ लाग्न गुरुङले आग्रह गरेका छन् ।

आज मात्रै पहिरोमा परी स्याङ्जामा १० जनाले ज्यान गुमाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.