www.tandavnews.com
Fact ~ In search of truth

मावनसेवा आश्रमलाई म्यानु फ्यान क्लब पोखराको सहयोग

पोखरा,
ताण्डव न्यूज ।

म्यानचेस्टर युनाईटेड (म्यानु) फ्यान क्लब पोखराले पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई विभिन्न सामाग्री सहयोग गरेको छ ।

कोरोना भाईरको महामारीबाट निम्तिएको अभावलाई मध्यनजर गर्दै म्यानु फ्यान क्लबले ५० हजार बराबरको मेडिकल तथा खाद्यान्नका सामाग्री शनिबार सहयोग गरेको हो ।
उक्त सहयोग सामाग्री क्लबका सन्दिप पनेरुको नेतृत्वमा आश्रमका होमनाथ तिमिल्सिनालाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

Batas

क्लबका पनेरुले आश्रमसँग समन्वय गरेर मेडिकल तथा खाद्यान्नका आवश्यक सामाग्री सहयोग गरेको जानकारी दिए । उनका अनुसार १ बोरा दाल, ३० किलो चना केराउ, साबुन २ कार्टुन, १ सय ३० सेट ब्रस, २ कार्टुन तेल, फलफुल,२ बोरा एडल डाईपर, मास्क तथा पञ्जाहरु सहयोग गरिएको थियो ।

‘हामी फ्यान क्लबमा आवद्ध साथीहरुबाट संकलित रकमबाट सहयोग गरेका हौँ, उनले भने, ‘हामीले यस्तो सामाजिक कामलाई निरन्तरता दिनेछौ । यस्तो संकटको बेला आश्रमसँग पहिल्यै कुरा गरेर चाँहिए अनुसार कै सामान दिएका हौँ ।’

त्यस्तै आश्रमको तर्फबाट बोल्दै तिमिल्सिनाले फ्यान क्लबको सहयोगलाई धन्यवाद व्यक्त गरे । उनले युवाहरु मिलेर सामाजिक काममा निरन्तर लाग्न समेत सुझाव दिएका थिए । उक्त आश्रममा कुल १ सय १३ बृद्ध बृद्धा आश्रित रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.