www.tandavnews.com
Fact ~ In search of truth

यतीको १२ वर्षपछि सिमरा उडान

काठमाडौं ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्ने भएको छ ।

एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । सिमरा यतीको नवौँ उडान गन्तव्य हो ।

Batas

एअरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को संक्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए । ‘सिमरा उडानबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेछौँ’, उनले भने।

यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन विहान ९:०० बजे र साँझ ४:४५ बजे काठमाडौँदेखि उडान भर्दैछ । एअरलाइन्सका बिक्री तथा बजार निर्देशक शरल एस जे वि राणाका अनुसार यात्रुहरुको माग बमोजिम पुनःसेवा प्रारम्भ गर्न लागेको जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.