www.tandavnews.com
Fact ~ In search of truth

कर्मचारीमा कोभिड पुष्टि भएपछि मालपोत कार्यालयको सेवा बन्द

वालिङ
मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९को संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा ५ मा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताए ।

कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएपछि स्थानीय गह्रौं प्राथमिक अस्पतालमा परीक्षण गराउँदा संक्रमण पुष्टि भएकाले जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उनको भनाइ थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.