www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा १९ संक्रमितको ज्यान गयो

पोखरा ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।

यस्तै २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । बितेको २४ घण्टामा देशमा १३ हजार सात सय ८१ जनाको नमुना परीक्षण गरिएको थियो ।

Batas

आज १ हजार १३३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।

अब नेपालमा २३ हजार पाँच सय सात जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ३३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.