www.tandavnews.com
Fact ~ In search of truth

बुटवलमा बिहानै दुई कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही ।

बुटवलमा दुई कोरोना संकमितको आज बिहानै मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

Batas

नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको (बुधबार) आज बिहानै मृत्यु भएको हो ।

गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको जनाइएको छ ।

बुटवल–९ की ५५ वर्षीया महिलामा सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु कुनै समस्या नभएको उनले बताए ।गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती महिलाको सोही दिनबाट उपचार सुरू गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.