www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टामा १९ संक्रमितको मृत्यु, ३५६४ ले ‘जिते’ कोरोना

पोखरा ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत १९ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

कोरोनाको संक्रमण बढेसँगै कोरोनाबाट निको हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्त जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ ।

Batas

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

अब नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय २५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.