www.tandavnews.com
Fact ~ In search of truth

जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेकी छन् ।

“कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न÷गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Batas

उनले सङ्ख्यात्मकरूपमा सङ्क्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको उल्लेख गरेकी छन् । मन्त्रालयले खोप लगाएको तीन महिना पूरा भएकालाई बुष्टर मात्रा खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन, खोप लगाउन प्रेरित गर्न र जारी खोप अभियानमा साथ दिनका लागिसमेत सबैलाई आग्रह गरेको छ ।

वैशाखको पहिलो सातासम्म १५ जनाभन्दा कममा सङ्क्रमण

वैशाख महिनाको पहिलो हप्तामा सङ्क्रमण १५ जनाभन्दा नै कममा देखिएको छ । मन्त्रालयको तथ्याङ्कानुसार वैशाख १ गते चार जनामा सङ्क्रमण देखिएको छ । यस्तै वैशाख ७ गते १३ जनामा सङ्क्रमण देखिएको थियो । वैशाख २ मा १४, वैशाख ३ मा ९, वैशाख ४ गते १२, वैशाख ५ गते १० र वैशाख ६ गते १० जनामा सङ्क्रमण देखिएको छ ।

रासस ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.