www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा प्रशासनको स्पष्टोक्ती : पिसिआर रिपोर्ट विना प्रवेश निषेध गरिएको कुरा भ्रम, रोकतोक लगाउने आदेश जारी गरिएको छैन

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोरोना भाइरस संक्रमणबाट सुरक्षित राख्न जोखिमपूर्ण स्थानहरुबाट आउनेहरुलाई पिसिआर रिपोर्ट लिएर आउन अनुरोध गरिएको स्पष्ट पारेको छ । यसअघि जारी गरिएको विज्ञप्तीलाई अतिरन्जित तथा तोडमोड गर्दै सूचना फैलाइएको भन्दै प्रशासनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘स्याङ्जा जिल्लालाई कोरोना संक्रमणबाट सुरक्षित राख्न सबैलाई जो जहाँ छ त्यही बसी चाडपर्व मनाउन अनुरोध गरिएको, जिल्ला आउने परेमा कोरोना संक्रमण बढी भएका भारत, तेस्रो मुलुक र काठमाडौँ उपत्यका लगायतका जोखिमपूर्ण स्थानहरुबाट आउने महानुभावहरुका लागि मात्र आफू र समुदायलाई सुरक्षित भएको आश्वास्त पार्न यथासंभव पिसिआर रिपोर्ट नेगेटिभ लिएर जिल्ला आउन अनुरोध गरिएको र अन्यथा यस्ता बढी जोखिम क्षेत्रबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको हो । यो सर्वसाधारण गरिएको अपिल वा आग्रह मात्र हो’ प्रशासनले शुक्रबार स्पष्टोक्ती दिँदै जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

Batas

यस्तै प्रशासनले जिल्लामा पर्ने सिद्धार्थ राजमार्ग भएर अन्य जिल्ला जान आउन, जिल्ला भित्र प्रवेश गर्न तथा बाहिर जान, स्वास्थ्य प्रोटोकल पालना गरी यातायात संचालन गर्न तथा बजार खोल्न रोकतोक लगाउने गरी कुनै आदेश जारी नगरिएको स्पष्ट पारेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.