www.tandavnews.com
Fact ~ In search of truth

सार्वजनिक यातायातमा सवार यात्रुले अब ‘फेस सिल्ड’ अनिवार्य लगाउनुपर्ने

पोखरा ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले अनिवार्य फेस सिल्ड लगाउनुपर्ने भएको छ । हिजो कत्तिक १ गतेबाट लागु हुने गरि सार्वजनिक सवारीका सबै सिटमा यात्रु चढाउन पाउने छुट सरकारले दिएसँगै सबै यात्रुले फेस सिल्ड अनिवार्य लगाउनुपर्ने नियम ल्याएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालका अनुसार अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने छ । फेस सिल्डको व्यवस्थापन भने यात्रु आफैले गर्नुपर्ने छ । प्रवक्ता भुषालको अनुसार फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न पाउनेछैनन्।

Batas

सार्वजनिक यातायतमा यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको सुरक्षा सम्बन्धि निर्देशिका र मापदण्डहरू पूर्णरूपमा पालना गर्नुपर्ने छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको सुरक्षा सम्बन्धि निर्देशिका अनुसार बसमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनुपर्ने छ ।सवारी साधनभित्र वा सार्वजनिक स्थलमा ९बस टर्मिनल वा बस बिसौनी० रहँदा कुनै पनि किसिमको खानेकुरा खान पाइने छैन । त्यस्तै स्यानिटाइजर पनि लगाइराख्नु पर्ने छ ।

सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

पहिला सबै आधा यात्रु राख्नुपर्ने र भाडा डबल लिन पाउने भनी गरेको निर्णय सरकारले उल्ट्याउँदै सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेको थियो । बैठकले सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.