www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः कोरोनाबाट ज्यान गुमाउनेको संख्या हजार पुग्यो

७ संक्रमितको मृत्यु, कास्कीका २१४ सहित थपिए ४१० संक्रमित

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार पुगेको छ ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा ७ संक्रमितले ज्यान गुमाएका छन् । पोखराका २,बागलुङका २, म्यादीका १, स्याङ्जाका १ र तनहुँका १ गरि ७ संक्रीमतको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै गण्डकीमा संक्रमणबाट मृत्यु हुनको संख्या १००१ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४१० जना संक्रमित थपिएका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकोे अनुसार कास्कीका २१४,म्याग्दीका ४, पर्वतका २९, गोरखाका १०,लमजुङका १५,तनहुँका ११, बागलुङका ११९,स्याङ्जाका ४ र नवलपरासीका ४जनामा संक्रमण पुष्टि भएको हो ।

१७९ महिला र २३१ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५९ हजार १६४ पुगेको छ ।

सोही समयमा आज ३०० संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५५ हजार २७२ रहेको छ ।

हाल प्रदेशमा २ हजार ८९१ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ६११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.