www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा १७ लाख ८० हजार मतदाता, २३ सय मतदान केन्द्र

पोखरा।
निर्वाचन आयोगका अनुसार गण्डकीमा कूल ८ लाख ६४ हजार ४५२ महिला र अन्य ११ जनासहित १७ लाख ८९ हजार ४११ जना मतदाता रहेका छन् । ती मतदाताहरुले यहाँका १२५३ मतदान स्थलमा रहने २३ सय मतदान केन्द«मा पुगेर मतदान गर्नेछन् ।
गोर्खा ११०३०३ महिलासहित २ लाख १८ हजार ५६३ र मनाङमा जम्मा ६ हजार ४९६ मतदाता रहेकोमा ३३४८ महिला मतदाता रहेका छन् ।
लमजुङमा ४६ हजार ४ सय ५३ महिलासहित १ लाख ३४ हजार ४९४, कास्कीमा १ लाख ४८ हजार ८७ सहित २ लाख ४४ हजार ३४०, तनहुँ २ लाख ४० हजार ५३५, नवलपुरमा २ लाख ५ हजार ६१५, मुस्ताङमा १० हजार ४८५, म्यादीमा ८५ हजार ३७५, बागलुङमा १ लाख ९३ हजार ६२५ र पवर्तमा १ लाख २२ हजार ५० जना मतदाता रहेका छन् । निर्वाचन आयोगले सबै जिल्लाका मतदान केन्द«को लागि मतदान अधिकृतको ब्यवस्थासमेत गरेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.