www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका २५ सहित गण्डकीमा बिहानै थपिए ६७ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा बिहानै ६७ संक्रमित थपिएका छन् ।

Batas

कास्की जिल्लाका २५ सहित प्रदेशका विभिन्न जिल्लाका गरि बिहानै ६७ जनामा कोरोनासंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित हुनेमा कास्कीका २५ जना, तनहुँका १०, बागलुङ ३,नवलपरासीका १७, लमजुङका १,गोरखाका १ र स्याङ्जाका १० जना रहेका छन्।

पोखरा महानगरपालिकाका एक २७ वर्षीय संक्रमित महिला प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखराको ल्याबमा काम गर्ने ल्याब असिस्टेन्ट रहेको जनाइएको छ ।

गण्डकी प्रदेशमा आज बिहानै थपिएका संक्रमितसगैँ प्रदेशमा संक्रमितको संख्या ५ हजार ७९७ पुगेको छ । तीमध्ये ३ हजार ५१६ जना निको भएका छन् भने ५० जना संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै हाल प्रदेशमा २ हजार १६४ संक्रिय संक्रमित रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.