www.tandavnews.com
Fact ~ In search of truth

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

काठमाडौं ।

गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरुले बताएका हुन् ।

Batas

साथै ती अधिकारीहरुका अनुसार उक्त बाढी र पहिरोमा परी अरु कम्तीमा पनि ३४ जना व्यक्ति हराइरहेका छन् ।बाढीमा परेर सैनिक ब्यारेक समेत बगाएको बताइएको छ । त्यहाँका सुरक्षा अधिकारीहरुले यसरी सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना सैनिक बेपत्ता भएका छन् ।

उद्धारकर्मीहरुले हराएका ती सैनिक र अरु स्थानीयहरुको खोजी कार्य जारी नै रहेको बताएका छन् । उनीहरुको खोजी कार्य अहिले पनि जारी रहेको सोमबार बताइएको छ ।भियतनामको मध्य क्षेत्रका कतिपय राज्यहरुमा नै असर परेको छ । जसका कारण यहाँका कम्तीमा पनि ३७ हजार घरमा क्षति पुगेको छ भने यहाँका १ लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

भियतनाममा यही अक्टोबर ६ देखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा स्थानीय नागरिकका पाँच लाखभन्दा बढी चौपाया पनि मरेका छन् । त्यस्तै कतिपय स्थानमा पहिरोले बस्ती नै बगाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.