www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप दुई संक्रमितको मृत्यु

पोखरा,

ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

Batas

मृत्यु हुनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) गैंडाकोटका ५० वर्षीय पुरुष र म्याग्दीको धौलागिरीका ८५ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

नवलपरासीका संक्रमितको चितवन मेडिकल कलेजको कोभिड आईसियुमा र म्याग्दीका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा नवलपरासीका १५ जना, तनहुँका २ र गोरखाका १ जना रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.