www.tandavnews.com
Fact ~ In search of truth

सीमा क्षेत्रमा ओहोरदोहोर बढ्दै

नवलपरासी ।

नवलपरासी(बर्दघाट–सुस्तापश्चिम)को सीमासँग जोडिएका भारतीय बजारमा नेपालीको आवातजावत बाक्लिएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले मूख्य नाका बन्द गरेको भए पनि सहायक बाटो र खेतको बाटो भएर किनमेलका लागि भारतीय बजार ओहोरदोहोर भइरहेको छ ।

दैनिक उपभोग्यलगायत चाडपर्वका लागि आवश्यक सामान किनमेल गर्न नेपालीहरु कोरोना भाइरसको जोखिमलाई बेवास्ता गर्दै सस्तो पाइने लोभमा भारतीय बजार पुग्ने गरेका छन् । सीमासँग जोडिएका नजिकका भारतीय बजारमा अहिले किनमेल गर्ने नेपालीको घुइचो लाग्ने गरेको छ ।

Batas

सामान किनमेल गर्ने तथा नाता सम्बन्धका कारण पनि सीमा क्षेत्रका बासिन्दा दैनिक जसो नै ओहोरदोहोर गर्ने गरेका छन् । औषधी उपचार गर्नसमेत नेपाली नजिकका भारतीय बजारमै जाने गर्छन् ।

चाडपर्वमा लत्ताकपडा तथा दैनिक उपभोग्य सामान किन्न, जिल्लाको सुनवल, बर्दघाट, भूमही, परासीसहित नवलपुर र नारायणगढबाट समेत गाडी नै रिर्जभ गरी मानिसहरु किनमेलका लागि भारतीय बजार ठूटीबारी आउने गरेका सीमा क्षेत्र महेशपुरका स्थानीय ध्रुववनारायण बानियाँले जानकारी दिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.