www.tandavnews.com
Fact ~ In search of truth

नेपालको कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै

काठमाडौं ।

ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ ।

कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रर्वद्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

Batas

ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय आज गरेको वासिङटन डीसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।

नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक– निजी साझेदारीको भावना प्रवद्र्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले गरेको छ । चिया, कफी, फलफूल र औषधिजन्य वस्तुको उत्पदानले कोभिड–१९ पछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.