www.tandavnews.com
Fact ~ In search of truth

कोरोना पोजेटिभ देखिएकी महरा पत्नी सिताको नर्भिक अस्पतालमा निधन

पोखरा
ताण्डव न्यूज ।

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान ६:२५ बजे नर्भिक अस्पतालमा निधन भएको हो।

उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकोप्टरमा काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

Batas

नर्भिकमा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै निधन भएको अस्पतालले पुष्टि गरेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.