www.tandavnews.com
Fact ~ In search of truth

प्याराग्लाईडिङ गर्दै प्रदेश सांसद विष्टले भने,‘गण्डकीलाई प्याराग्लाईडिङ हब बनाऔ’

अर्जुन गाहा (सुशान्त)
ताण्डव न्यूज,पोखरा ।

गण्डकी प्रदेश सभा सदस्य तथा माउण्टेन स्पोर्टस् फेडेरेशनका गण्डकी संयोजक ईन्द्रधारा विष्टले प्याराग्लाईडिङको अनुभव लिदै गण्डकी प्रदेशलाई ‘प्याराग्लाईडिङ हब’ बनाउनुपर्ने बताएका छन् ।

पोखरामा गत बुधबार नमस्ते प्याराग्लाईडिङ कम्पनीका पाईलटसँग प्याराग्लाईडिङको अनुभव बटुल्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

Batas

उनले प्याराग्लाईडिङ गरे पश्चात ताण्डव न्यूजसँग बोल्दै ‘कोभिड –१९’ कोरोना भाईरसको आक्रान्तका बाबजुद पनि पोखराको पर्यटनलाई तङग्राउन टेवा पुर्याएको बताए । ‘प्याराग्लाईडिङ अहिले गण्डकी प्रदेशको मुख्य आकर्षण बनेको छ, विष्टले भने, ‘हाम्रो नेपाली युवाहरुलाई रोजगारीको अवसर भएको क्षेत्र पनि देखे । म आफै माथी उडेर अनुभव लिए । धेरै नेपाली युवाहरु पाईलट हुनुहुदो रहेछ । यतिमात्रै नभएर सराङ्कोट विश्वकै टप फाईभ भित्र पर्ने रहेछ । त्यसैले पनि पोखरालाई प्याराग्लाईडिङको हब बनाईनुपर्छ ।’

प्याराग्लाईडिङले सरकारको अर्थतन्त्रमा मात्र टेवा पुर्याउने नभई राष्ट्रको प्रतिष्ठासँग समेत प्रत्यक्ष सरोकार राख्ने भएकाले सोही अनुरुप सरकार अघि बढेनुपर्ने प्रदेश सांसद विष्टले उल्लेख गरे । ‘यसको विकास गर्न सकियो भने, आर्थिक उन्नती मात्र नभएर हाम्रो राष्ट्रको प्रतिष्ठाको विषय बन्न सक्छ, उनले भने, ‘नेपालको ईतिहासमा अन्तर्राष्ट्रिय खेलकुदमा पदक बोकेरै फर्कने खेल यही प्याराग्लाईडिङ मात्रै रहेछ । त्यसैले सरकारले यसको विकासमा ध्यान दिनुपर्छ ।’

उनले युवाहरुलाई वैदेशिक रोजगारको लागि पलायन हुनुभन्दा प्याराग्लाईडर बन्न प्रेरित गर्दै भने, ‘मैले पनि उडेर अनुभव गरे । यहाँ नेपाली युवाहरु टन्नै पाईलट देखे तपाईहरु पनि यो क्षेत्रमा लागेर आफ्नो भविष्य उज्वल पार्न सक्नुहुनेछ ।’

उनले पछिल्लो समय पर्यटनको अन्य क्षेत्र बन्द भैरहेको बताउदै नेपाल हवाई खेलकुद संस्था (ना) ले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनिवार्यता गराई पेशा अप्रेसनमा राख्नु प्रशंसनीय कार्य रहेको धारणा राखेका थिए ।

त्यस्तै विगत लामो समय देखी उडान भर्दै आएका पाईलट विकास परियारले प्याराग्लाईडर बन्न आधारभुत र एड्भान्स कोर्स गर्नुपर्ने बताए । ‘अहिले यो सिक्न बाहिरनै जानुपर्छ भन्ने छैन, नेपालमै पनि तिनवटा स्कुल खुलसकेका छन्, उनले भने, ‘धरान, बन्दिपुर र स्याङ्जामा गरी तीनवटा स्कुल अहिले सञ्चालनमा रहेका छन् ।’

सरकारले असोज ५ पछि आन्तरिक उडानको अनुमति दिएसँगै सेलाउदो पर्यटनको गतिविधिलाई चलायमान बनाउने उद्देश्य सहित झण्डै ५० प्रतिशत कम शुल्कमा उडान हुदै आएको छ । पछिल्लो समय मौसम अनुकुल हुदा अप्रेशनमा रहेका ५० कम्पनीले हरेक दिन कुल ३ सय बढि उडान भर्दै आएको नेपाल हवाई खेलकुद संस्था (ना) को तथ्याङ्कमा उल्लेख छ ।

आन्तरिक पर्यटक र युवायुवतीको आकर्षण बढेडसँगै कोरोना भाईरसको संक्रमण फैलन सक्ने भन्दै प्याराग्लाईडिङ व्यवस्थित र जोखिम न्यूनीकरणका लागि केही मापदण्ड तय गरेको नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव तथा नमस्ते प्याराग्लाईडिङ कम्पनीका संचालक बलराम आचार्यले बताए । उनका अनुसार टेकअफ र ल्याण्ड गर्ने स्थानमा भीडभाड बढ्दै गएपछि समय तालिका सहित तिन गु्रपमा विभाजन गरीएको छ भने एक पाईलटले दुई पर्यटकलाई मात्रै उडान भर्न पाईने व्यवस्था मिलाईएको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.