www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा आज थपिए १ सय ३२ संक्रमित

संक्रमित हुनेमा कास्कीका मात्रै ८८ जना

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज अहिले सम्म १ सय ३२ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशका ७ जिल्लाका गरि प्रदेशमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

Batas

 

संक्रमित हुनेमा कास्कीका धेरै व्यक्ति रहेका छन् । कास्की जिल्लाका मात्रै ८८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अन्य जिल्लाहरु बागलुङका ७, गोरखाका १४, स्याङजाका ११, म्याग्दीका ४, पर्वतका ३ र तनहुँका ५ जनामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैबीच गण्डकी प्रदेशमा एक संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँ जिल्ला, भिमाद नगरपालिका ९ का ६३ वर्षीय पुरुष रहेका छन् उनको कार्तिक २० गते निधन भएको भएपनि निर्देशनालयले ढिला गरि आज मात्र जानकारी पाएको जनाएको छ । उनमा कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा संक्रमणका कारण ज्यान जानेको संख्या ११२ पुगेको छ ।

हाल सम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय ८८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.